मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयगढ बजारमा भीषण आगलागी नियन्त्रण बाहिर

जयगढ बजारमा भीषण आगलागी नियन्त्रण बाहिर


अछाम — जिल्लाको जयगढ बजारमा ग्यास सिलिण्डरबाट भीषण आगलागी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारमा मंगलबार साँझ एक पसलबाट आगलागी सुरु भएको थियो ।

जयगढको पुरानो बजारको धेरै घरहरु जलेर नष्ट भएको र आगलागी अझै नियन्त्रणमा नआइसकेको प्रत्यक्षदर्शी हिम बिश्वकर्माले बताए । बजारको मुख्य केन्द्रमा आगो फैलिएकाले स्थानीयमा बढी त्रास पैदा भएको उनले बताए । ‘मंगलसेन नगरपालिकाको दमकल आगलागी भएको ठाउँमा आइपुगेको छ । तर आगो झन् धेरै फैलिरहेको छ । घरहरु धेरै जलेका छन् । क्षति पनि धेरै भइसकेको छ ।’

मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगो नियन्त्रण नभइसकेको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । ‘बजार जाने बाटो साँघुरो भएकाले दमकलले पनि आगो नियन्त्रणमा ल्याउन सकेको छैन । नियन्त्रणका लागि सबै प्रयासहरु गरिरहेका छौं ।’

बजारभित्रका करिब ८ घर पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए । आगलागीबाट एक घर, दुई सुनचाँदी पसल, एउटा मोबाइल पसल, एउटा भाडा पसल र ४ किराना पसल जलेर नष्ट भईसकेका छन् भने बजारका थप पसल र घर पनि जलने संभावना छ। उनका अनुसार एक घण्टा बढी समयसम्म आगलागी नियन्त्रण नभएपछि स्थानीय तहसँग आक्राशित भएका युवाहरुले बान्नीगढी जयगढ गाउपाँलिकाका अध्यक्ष टेकहादुर साउद र उनको परिवारमाथि आक्रमण गरेका छन् ।

‘गाउँपालिका अध्यक्षको परिवारका सदस्यमाथि आक्रमण गरेको पनि खबर आएको छ । एकातिर आगो नियन्त्रणमा लिनु पर्ने र अर्कोतिर आक्रोशित युवाहरुलाई नियन्त्रणमा लिनु पर्ने चेपुवामा प्रहरी परेको छ । ’ उनले भने