मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयगढका आगलागी पिडितलाई तत्काल राहत उपलब्ध गराउन पूर्व मन्त्री कुवँरद्धारा गृहमन्त्रीलाई ध्यानार्कषण

जयगढका आगलागी पिडितलाई तत्काल राहत उपलब्ध गराउन पूर्व मन्त्री कुवँरद्धारा गृहमन्त्रीलाई ध्यानार्कषण


अछाम : अछामको बान्नीगढी गाँउपालिकाको केन्द्र जयगढ बजारमा हिजो राति भएको आगलागी घट्नाको बारेमा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शेर बहादुर कुवँरले गृहमन्त्री रमेश लेखकलाई जानकारी गराएका छन् । आगलागी पिडितलाई तत्काल राहत उपलब्ध गराउन पूर्व मन्त्री कुवँरले गृहमन्त्री लेखकलाई आग्रह गरेका हुन् ।

पूर्व मन्त्री कुवँरको नेतृत्वमा गएको टोलीले गृहमन्त्री लेखकलाई भेट गर्दै आगलागी पिडितलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री रमेश लेखकले विपद् व्यावस्थापनका कायृकारी प्रमुख दिनेश भटट्लाई तत्काल अस्थायी टहरा निर्माण र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

यस्तै गृहमन्त्री लेखकले अछामका प्रमुख जिल्ला अधिकारी ज्युलाई फोन मार्फत तत्काल राहत उपलब्ध गराउन र आवश्यक सहजीकरण गर्न निर्देशन दिएका छन् । गृहमन्त्री संगको भेटमा साँफेबगर नगरपालिकाका पूर्व नगर प्रमुख कुल बहादुर कुवँर लगायतका व्यक्तीहरुको सहभागीता रहेको थियो ।