मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयगढ आगलागी पिडितलाई : पालिकाको ६ लाख, प्रदेशबाट ५० लाख सहयोग

जयगढ आगलागी पिडितलाई : पालिकाको ६ लाख, प्रदेशबाट ५० लाख सहयोग


अछाम । गतराती आगलागीका कारण जयगढ बजारमा ठुलो क्षति भए पश्चात् बान्नीगढी जयगढ गाउँपालिकाको बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ भने आकस्मिक कार्यपालिका बैठक बोलाईएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले आगलागीबाट बिस्तापित भएकाहरुलाइ तत्काल राहात उपलव्ध गराउन पालिका सरकारले ६ लाख रुपैँया दिने निर्णय गरेको छ ।

उनीहरुलाई अस्थायी रुपमा खाद्यान्न र आवाशको व्यवस्थापन गर्न हाललाई गाउँपालिकाले ६ लाख रुपैँया खर्च गर्ने भएको हो । अन्य व्यवस्थापनका लागी आवश्यक निर्णय गर्न कार्यपालिका बैठक बोलाइएको गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले बताएका छन् ।

यस्तै सुदुरपश्चिम प्रदेश सरकारले अछामको जयगढ बजारमा आगलागी पिडितको राहतका प्रदेश विपद् व्यवस्थापन कोषबाट ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।