अछाम : नेपाली कांग्रेस अछामले गत राति जयगढ बजारमा भएको आगलागी पिडितलाई एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।
कांग्रेस अछामका सभापती तथा प्रतिनिधी सभा सदस्य माननिय पुष्प बहादुर शाहको सभापतित्वमा बसेको बैठकले आगलागी पिडितलाई एक लाख सहयोग गर्ने निर्णय गरेको हो ।
उपलब्ध पदाधिकारी तथा सदस्यहरुले बिपतको घडिमा पार्टी पनि जनताको साथमा हुनुपर्ने भन्दै सहयोग गर्ने निर्णय गरेको जिल्ला सहसचिव दिनेश स्वाँरले बताए ।
यस बिपतको घडीमा सबैले आ आफ्नो ठाँउबाट पिडितलाई सहयोग गर्न कांग्रेस अछामले आग्रह समेत गरेको उनले बताए ।
यसै बीच पञ्चदेवल विनायक नगरपालिकाले समेत जयगढमा भएको भिषण आगलागी पिडितका लागि पालिकाको राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रतिक्रिया