मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयगढ बजार आगलागी : प्रदेश सामाजिक विकासमन्त्री खड्का अछाम आउदै

जयगढ बजार आगलागी : प्रदेश सामाजिक विकासमन्त्री खड्का अछाम आउदै


अछाम : जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीपछि सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्दार कार्यमा तदारुकता देखाएको छ ।

आगलागीबाट भएको प्रारम्भिक क्षतिको मूल्याङ्कनका आधारमा प्रदेश विपद् व्यवस्थापन कोषबाट तत्कालका लागि ५० लाख रुपैयाँ राहत स्वरूप बान्नीगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै आगलागीबाट प्रभावित परिवारहरुलाई राहत, क्षतिको विस्तृत मूल्याङ्कन गर्ने र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक योजना निर्माण गर्न प्रदेश सरकारले तयारी थालेको छ।

सामाजिक विकासमन्त्री मेघराज खड्का स्वयं अछाम आउन लागेका छन् । मन्त्री खड्का घटनास्थलमै पुगेर स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सुरक्षाकर्मीहरूसँग समन्वय गर्दै राहत तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अछाम आउन लागेका हुन्।

आगलागीबाट दर्जनौँ घर र पसलमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। विस्तृत विवरण संकलन कार्य जारी छ भने पीडितको तत्काल आवश्यकता सम्बोधन गर्न स्थानीय सरकार र प्रदेश सरकार समन्वय भइरहेको छ । जिल्लाका अन्य पालिका हरुले समेत बन्निगढ़ीको राहत कोषमा सहयोग गर्ने बताएका छन् ।