मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अछामको निर्णय : जयगढ आगलागि पिडितलाई १ लाख ११ हजार सहयोग

एमाले अछामको निर्णय : जयगढ आगलागि पिडितलाई १ लाख ११ हजार सहयोग


अछाम ः नेकपा एमाले अछामले गत राति जयगढ बजारमा भएको आगलागी पिडितहरुलाई १ लाख ११ हजार सहयोग गर्ने भएको छ । एमाले अछामका अध्यक्ष चन्द्र बोहराले एक विज्ञप्ती जारी गर्दै १ लाख ११ हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।

जयगढ बजारमा भएको आगलागीबाट ३१ भन्दा बढि घर, पसल तथा टहरा जलेर नस्ट भई करोडौँको क्षति भएको घटनाले हाम्रो पार्टी नेकपा एमाले मर्माहत भएको छ विज्ञप्तीमा भनिएको छ, आगलागीबाट नागरिक विस्थापित हुने गरि निम्तिएको विपत्तिको घटनाप्रति दुःख व्यक्त गर्दैछौँ ।

यस्तै अध्यक्ष बोहराद्धारा हस्ताक्षरित जिज्ञप्तीमा पिडितहरुको तत्काल व्यवस्थापन, राहत र क्षतिपुर्तिका लागि नेपाल सरकार लगायत सम्वन्धित निकायलाइ अपिल समेत गरिएको छ भने आगलागी पिडितको आवश्यक व्यवस्थापनमा खटिन पार्टी पंति तथा कार्यकर्ताहरुलाई समेत आह्वान गरेको छ ।

आवश्यक पुर्व तयारीको अभावका कारण आगलागी लगायतका यस्ता घटनाबाट ठुलो धनजनको क्षति हुने कुरा सचेत गराउदै एमाले अछामले यो घटना एवं क्षतिलाइ सिकाईका रुपमा लिदै आगामी दिनमा यस्ता बिपदका घटना दोहोरिन नदिन, आवश्यक सतर्कता अपनाउन र विपदबारे पुर्व तयारीमा रहन सरकारका नीति तथा कार्यक्रम अघि बढाउन ध्यानाकर्षण गराएको छ ।

बिपतको घडिमा पिडितको उद्धार तथा पुनर्स्थापनाका लागि नेकपा एमालेका तर्फबाट साथ सहयोग रहने हुने भन्दै एमाले अछामले सबैलाई आवश्यक सहयोगका लागि अनुरोध समेत गरेको छ ।