मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय क्षेत्र रामारोशनको ‘रामारोशन महोत्सव–२०८२ आयोजना हुने’

पर्यटकीय क्षेत्र रामारोशनको ‘रामारोशन महोत्सव–२०८२ आयोजना हुने’


अछाम जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनको प्रचार–प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि रामारोशन महोत्सव–२०८२ आयोजना हुने भएको छ।रामारोशन महोत्सव–२०८२ यही वैशाख २५ गतेदेखि ३१ गतेसम्म रामारोशन गाउँपालिकाको मुजाबगरमा आयोजना हुन लागेको आयोजकले जनाएका छन् ।

महोत्सवमा रामारोशन गाउँपालिका सहित नेपाल पर्यटन बोर्ड, विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्था र स्थानीय तहहरूको सहकार्य तथा आर्थिक सहयोग रहने आयोजकले बताएका छन् ।

रामारोशन महोत्सव–२०८२ आयोजक समितिका संयोजक जनक साउँदले बताए अनुसार महोत्सवको मुख्य उद्देश्य रामारोशन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटनमार्फत स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्‍याउने रहेको छ ।

संयोजक साउँदका अनुसार रामारोशन महोत्सवले प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामारोशन क्षेत्रलाई देश–विदेशसम्म चिनाउन मद्दत गर्नेछ, । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कला तथा संस्कृति प्रदर्शनी, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी, र पर्यटकीय पदयात्रा जस्ता कार्यक्रमहरू समावेश गरिने संयोजक साउँदले बताए ।

महोत्सवबाट संकलित रकम जयगढ र साँफेबगरमा भएको आगलागीबाट प्रभावित पीडितहरूको पुनर्स्थापना र सहयोगका लागि खर्च गरिने आयोजकहरुले बताएका छन् । पर्यटन प्रवद्र्धनसँगै मानविय सेवाको भावनालाई पनि समेट्ने गरी महोत्सब आयोजना गर्न लागेको संयोजक साउँदको भनाई रहेको छ ।

रामारोशन क्षेत्रमा रहेका १२ बण्ड र १८ खण्डले पर्यटकहरूलाई लोभ्याउने गरेको छ । पछिल्लो समय रामारोशन पर्यटकको अधिकतम रोजाईको क्षेत्रका रूपमा विकास हुँदै गइरहेको छ ।

रामारोशन महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, परम्परागत झाँकी प्रदर्शन, रमाइला प्रतियोगिताहरू संगै स्थानीय परिकारहरूको स्टलहरू पनि रहने आयोजकले जानकारी दिएको छ । त्यसका साथै महोत्सव अवधि भरीमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधाका लागि विशेष तयारी गरिएको र सुरक्षाको प्रबन्ध पनि मिलाइएको आयोजकले बताए ।