मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरका आगलागी पीडितलाई चौरपाटीको २ लाख सहयोग, दमकल किन्न समन्वय गरिने

साँफेबगरका आगलागी पीडितलाई चौरपाटीको २ लाख सहयोग, दमकल किन्न समन्वय गरिने


अछाम । अछामको साँफेबगर नगरपालिकामा हालै भएको आगलागीबाट पीडित बनेका परिवारलाई चौरपाटी गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष भिमबहादुर साउदका अनुसार गाउँकार्यपालिकाको बैठकले आगलागी पीडितलाई तत्काल राहतस्वरूप सहयोग गर्ने निर्णय गरेको हो ।

केही दिनअघि साँफेबगर नगरपालिका ३ हाटबजारस्थित प्रेम खड्काले सञ्चालन गरेको सुभेच्छा मम सेन्टरबाट बिजुलीको तार सट भई आगलागी भएको थियो ।

सो आगलागीबाट १० वटा पसल जलरे नष्ट भएका थिए । प्रारम्भिक विवरण अनुसार ३ करोड ८६ लाख ६५ हजार बराबरको क्षती भएको अनुमान गरिएको छ ।

साथै, दमकल खरिदका लागि अछाम क्षेत्र नं १ का विभिन्न पालिकासँग समन्वय गर्ने र आगामी आर्थिक वर्ष २०८२/०८३ मा बजेट व्यवस्था गर्ने योजना समेत रहेको अध्यक्ष साउदले बताए।

‘आगलागीजस्ता विपद् व्यवस्थापनका लागि स्थायी समाधान आवश्यक भएकाले दमकल खरिदलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘यसका लागि विभिन्न पालिकासँग सहकार्य गरी बजेट व्यवस्थापन प्रक्रिया अघि बढाइनेछ।’