अछाम ः नेपाली कांग्रेस अछामका पूर्व सभापती बरिष्ठ नेता नयन सिंह कडायतलाई बिपी कोईराला राष्टिय पुरस्कार प्रदान गरिने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।
राजनितिक दर्शन तर्फ नेता कडायतलाई बीपी कोईराला राष्टिय पुरस्कार प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ । नेपाली राजनिति मार्फत राष्ट र समाजलाई पुर्याएको योग्दानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
उक्त पुरस्कारको राशी १ लाख रहेको छ । कडायत संगै उक्त पुरस्कार सुन्सरीका मिना सुब्बालाई समेत प्रदान गरिने भएको छ । यस्तै साहित्य बिधा तर्फ समेत २ जनालाई समान राशीको पुरस्कार प्रदान गरिने भएको छ । पाँचथरका तिलकबिक्रम नेम्वागं (बैरागी काईला) र मोरंगका भुवन ढुंगानालाई प्रदान गरिने भएको हो ।
प्रतिक्रिया