अछाम: चिसापानी-मंगलसेन सडक निर्माण कार्य तिब्र गतिमा अगाडि बढाउन खबरदारी गराउन जंगलघाटमा कोर्ण सभा सम्पन्न भएको छ ।
तुर्माखाँद गाउँपालिका आम नागरिक बुद्धिजीवी, राजनीतिदल , छिमेकी जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका का आम नागरिक, बुद्धिजीवी ,कैलाली बाट सम्बन्धि सराेकारवालाहरुकाे उपस्थितले छिटो काम गराउन माग गरेका हून ।
तुर्माखाँद गाउँपालिका वडा न. ४ अध्यक्ष पदम बहादुर बि. सी ,लम्की चुहा नगरपालिका वडा न. ६ का वडा अध्यक्ष लाेकेन्द्र कठायत, अछाम जिल्ला प्रदेश क का माननीय अक्कल बहादुर रावल ,पुर्व माननीय कुन्ति जाेशी ,नेत्र भण्डारी ,बिर्ख बहादुर कठायत उदय सपंह ठकुरी ,टेक बहादुर भण्डारी ,नरेन्द्र शाही,अमृत कठायत,कमल कुवर,निर्प बडुवाल,छत्र बडुवाल खेमराज भाट,गाेपिराम देवकोटा ,राज देवकाेटा,तारा सन्जेल लगाएत आम नागरिक समाजसेवी, बुद्धिजीवी राजनीतिदल गरि तीन जिल्ला सम्बन्धित सराेकारवाला हरुकाे उपस्थितिमा चिसापानी-मंगलसेन सडक खण्डको खबरदारी यात्रा गर्नु भएकाे छ ।
अछामका पञ्चायतकालीन नेता हरिप्रसाद भण्डारीले कैलालीको चिसापानी-जंगलघाट-मंगलसेन सडकको अवधारणाको विकास गर्दै २०२४ साल चैत २४ गते सोही सडकबाट सदरमुकाम मंगलसेनसम्म जिप बोकेर पुर्याए ।करिब ५७ वर्षअघि तराईसँग पहाड जोड्ने छोटो दूरीको बाटो छिटो बन्नुपर्छ भन्ने सन्देश दिन चिसापानी- जंगलघाट मंगलसेन सडकखण्डको खबरदारी गर्न जगलघाटमा काेर्ण सभा सम्पन्न भएकाे छ ।
२०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति भण्डारीले कैलालीसँग सीमा जोडिएको भारतको तिकुनियाबाट जिप बोकाएरै मंगलसेन पुर्याएका थिए । गाउँगाउँमा बाजागाजासहित खुसियाली मनाउँदै र काँधमा गाडी बोक्दै , श्रमदान गर्दै मंगलसेनमा झन्डै ५७ वर्ष अघि जिप पुर्याइएको थियो ।
गैरीटाँड-बाँसकाडा सडकको काम छरितो रूपमा भए पनि तुर्माखाँद देखि चिसापानी सडक खण्डको ७६ किलोमिटर सडकमा भने अपेक्षाअनुसारको काम नभएकोअछाम क्षेत्र न. २ प्रदेश सभा(क)माननीय अक्कल बहादुर रावलेले बताए
रुख कटान देखि सबै सहमति भैसकेकाेले तत्कालै काम सुरु गर्न सम्बन्धि निकायकाे ध्यानाकर्षण गराउने समेत जानकारी दिनु भएकाे छ। ‘सडकमा काम हुँदै नभएको पनि होइन । छिटो छरितो भएको पनि छैन । कछुवाको गतिमा काम भएको देखिन्छ,’ उनले भनेकर्णाली नदीको तीरैतीर तराईबाट पहाड जोड्ने यो सडक सबैभन्दा छोटो दूरीको राजमार्ग हो ।
यो राजमार्ग बन्न नसक्दा अहिले अछामका स्थानीय बासिन्दाले ३ सय किलोमिटरभन्दा बढी यात्रा गर्दै डडेलधुरा र डोटी छिचोल्दै अछाम पुग्नुपर्ने बाध्यता छ ।
अछामसँग जोडिएको बाजुरा, हुम्ला र कालीकोटका अधिकांश भेगमा जान पनि निकै लामो दूरी तय गर्नुपर्छ ।
चिसापानी-मंगलसेन सडक निर्माण हुन सके यो दूरी २ सय किलोमिटरले छोटिन्छ । कैलाली र सुर्खेतका २२ वटा स्थानीय तह र अछामीका लागि यो सडक महत्त्वपूर्ण छ ।
‘ट्रयाक खुलेपछि यो बाटोबाट मोटरसाइकलबाट तराई पहाड यात्रा गर्नेहरू धेरै बढेका छन् । कच्ची सडक भएकाले दैनिक जसो दुर्घटना पनि भएकै हुन्छन्। चिसापानी-मंगलसेन सडक निर्माण कार्यकाे ढिला सुस्तले आम नागरिकहरुले यात्रा गर्न कठिनाइ भयकाे जानकारी समेत दिनु भएकाे छ ।
उक्त चिसापानी -मंगलसे सडक खण्डकाे काम तत्कालै सुरु नगरे आम नागरिकहरु सडक देखि सदन सम्म आन्दोलन गर्ने जानकारी दिनु भएकाे छ ।

प्रतिक्रिया