मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुप प्रदेश : स्थानिय तहका कर्मचारी ऐन बिहिन बनेपछि चरणबद्ध आन्दोलन

सुप प्रदेश : स्थानिय तहका कर्मचारी ऐन बिहिन बनेपछि चरणबद्ध आन्दोलन

मंगलसेन नगरपालिकामा बैशाख २७ गतेदेखि सम्पूर्ण सेवा ठप्प गरिने


अछाम : सूदूरपश्चिम प्रदेशमा लामो समय देखि स्थानिय तह ऐन आउन सकेको छैन् । प्रदेशका सबै स्थानिय तहका कर्मचारी व्यवस्थापन गर्ने ऐन नहुदाँ उनिहरु आन्दोलित हुन थालेका छन् ।

पटक पटक प्रदेश सरकारलाई ऐन जारी गर्न आग्रह, दबाब सृजना तथा सरकार संग छलफल गर्दा पनि ऐन जारी नहुदाँ थप आन्दोलनका कार्यक्रम सृजना भएका छन् ।

स्थानिय तह ऐन जारी हुनु पर्ने माग राख्दै आन्दोलनका कार्यक्रम अन्र्तगत पालिकाबाट प्रवाह हुने सबै सेवा बन्दै गर्दै आन्दोलनमा सरिक हुने प्रदेशका बिभिन्न पालिकाहरुले कार्यक्रम सार्वजनिक गरेका छन् ।

यसैबिच अछाम जिल्लाको मंगलसेन नगरपालिकाले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बैशाख २६ गते नगरका सबै कर्मचारीहरुको बैठक बसी आन्दोलन परिचालन समिति गठन, सेवा प्रवाह बन्द र प्रदेश मुकाम धनगढीमा भईरहेको आन्दोलनमा सहभागी हुने निर्णय गरेको छ ।

नगरका कर्मचारी दुर्गा प्रसाद जैशीको संयोजकत्वमा ५ सदस्यि आन्दोलन परिचालन समिति गठन गरिएको छ भने बैशाख २७ गतेबाट आन्दोलनका कार्यक्रम अगाढी बढाउने र अर्को निर्णय नभएसम्मका लागि पालिकाबाट प्रवाह हुने सबै सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

स्थानिय कर्मचारी सञ्जाल नेपाल स्थानिय संर्घष समिति मंगलसेन नगरपालिकाकाले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेर ज्ञापन पत्र समेत बुझाएको छ । संयोजक जैशीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा देशभरका ६ प्रदेशमा स्थानिय कर्मचारी ऐन जारी भई लागु भईसक्दा पनि सुदूरपश्चिम प्रदेशमा जारी नहुनु बिडम्बना भएको भन्दै यथास्रिघ ऐन जारी गर्नुपर्ने माग गरिएको छ ।

पालिकाबाट प्रवाह हुने अति आवश्क बाहेक सबै सेवा बन्द गरि ताला चावि मुख्मन्त्रीलाई बुझाउने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।