मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशमै कम बेरुजु पञ्चदेवल विनायकको, पाचौंमा बान्नीगढी

प्रदेशमै कम बेरुजु पञ्चदेवल विनायकको, पाचौंमा बान्नीगढी


अछाम: महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन बुधबार सार्वजनिक भएको छ । ६२ औं प्रतिवेदन अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका सुदूरपश्चिम मै सबैभन्दा कम बेरुजु भएको स्थानीय तह भएको छ ।

जिल्लाको दोश्रो तथा प्रदेशमा पाँचौ नम्बरमा बान्नीगढी जयगढ गाउँपलिका र जिल्लाको तेस्रोमा मंगलसेन नगरपालिका रहेको छ ।

चौथोमा रामारोशन गाउँपालिका, पाँचौमा ढकारी गाउँपालिका, छैटौंमा चौरपाटी गाउँपालिका, सातौमा साँफेबगर नगरपालिका, आठौंमा कमलबजार नगरपालिका र नवौंमा तुर्माखाँद गाउँपालिका रहेको छ । सबैभन्दा बढी बेरुजु मेल्लेख गाउँपलिकामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

लेखापरीक्षण गर्दा पञ्चदेवल विनायक नगरपालिकाको ०.२७ प्रतिशत, बान्नीगढी जयगढ गाउँपालिकाको ०.४४ प्रतिशत र मंगलसेन नगरपालिकाको ०.६७ प्रतिशत बेरुजु देखिएको छ । यस्तै रामारोशनमा १.३० प्रतिशत, ढकारीमा १.६१ प्रतिशत, चौरपाटीमा १.६६ प्रतिशत बेरुजु रहेको छ ।

यस्तै साँफेबगरमा १.७३ प्रतिशत, कमलबजारमा २.२३ प्रतिशत र तुर्माखाँदमा २.८८ प्रतिशत रहेको छ । सबैभन्दा बढी बेरुजु देखिएको मेल्लेख गाउँपालिकाको ३.१३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

पञ्चदेवल विनायक नगरपालिका लेखा शाखा प्रमुख लोकबहादुर चलाउने र बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारद खनालले बेरुजु कम भएकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् ।