मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदन आश्रित स्मृती दिवसमा एमाले अछामद्धारा विरामीलाई फलफुल वितरण

मदन आश्रित स्मृती दिवसमा एमाले अछामद्धारा विरामीलाई फलफुल वितरण


नेकपा (एमाले) का तत्कालीन महासचिव स्व. मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख स्व. जीवनराज आश्रितको ३२ औं स्मृति दिवसका अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी अछामको आयोजनामा जिल्लामा बिभिन्न कार्यक्रम भएका छन् ।

जस अन्र्तगत जिल्ला अस्पताल अछाममा भर्ना भएको ३० जना बिरामी र बयालपाटा अस्पतालमा भर्ना भएका २५ जना बिरामीलाई फलफुल वितरण गरेको छ ।

यस्तै सदरमुकाममा रहेको षोडशा माबीमा अध्ययरत असाहय बालबालिकालाई शैक्षिक सामाग्री समेत वितरण गरि स्मृती दिवस मनाईएको एमाले अछामका अध्यक्ष शिव प्रसाद उपाध्यायले बताए ।

यस अवसरमा क्षेत्र नं. १ र २ का बिभिन्न ठाँउमा भएका कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्नेसबैलाई अध्यक्ष उपाध्यायले धन्यवाद ज्ञापन गरेका छन् ।

मंगलसेनमा भएको फलफुल बितरण कार्यक्रममा अध्यक्ष उपाध्याय सहित केन्द्रीय सदस्य यज्ञ बोगटी, जिल्ला उपसचिव, उपसचिव टोप बहादुर शाही लगायतका सहभागिता रहेको थियो

यता बयालपाटा अस्पतालमा भएको फलफुल बितरण कार्यक्रममा केन्द्रीय सदस्य कमल तिमिल्सैना, जिल्ला उपाध्यक्ष तिलक कुवँर लगायतका नेताहरुको सहभागिता रहेको थियो ।