मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

बयालपाटा अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु


अछाम- जिल्लाको बयालपाटा अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा पुनः सुचारु भएको छ। एमडिजीपी डाक्टरले राजिनामा दिएपछि २ हप्तासम्म रोकिएको सेवा पुनः सुचारु भएको हो। 

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक जना डाक्टर बयालपाटा अस्पालमा खटाएपछि सेवा सुचारु भएको हो। 

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयको सिफारिस बमोजिम सामाजिक विकास मन्त्री मेघराज खड्काको निर्देशनमा मन्त्रालयले एक जना एडभान्स एसबिए डाक्टरलाई बयालपाटा अस्पतालमा खटाएको छ। 

छात्रवृति करार सेवामा यसअघी जिल्ला अस्पताल अछाममा कार्यरत डाक्टर कृष्ण बहादुर सोडारीलाई मन्त्रालय मार्फ़त बयालपाटा अस्पतालमा खटाएको हो ।

जिल्ला अस्पताल अछाममा आकस्मिक प्रसूति शल्यक्रिया गर्ने एमडीजीपी सहित ३ जना डाक्टर कार्यरत रहेकाले सेवामा बाधा नपर्ने गरी डाक्टर सोडारीलाई काजमा पठाईएको जिल्ला अस्पतालका सहायक प्रशासकीय अधिकृत झपट बहादुर थापाले जानकारी दिए ।

आइतबार बयालपाटा अस्पतालमा हाजिर भएका डाक्टर सोडारीले सोमबार साँझ एक महिलाको शल्यक्रिया मार्फत प्रसूति गराएका छन्। 

मेल्लेख गाँउपालिका वडा नं. ५ की २३  वर्षीया ईश्वरी विकको शल्यक्रिया मार्फत प्रसूति भएको हो। ति महिलाको गर्भाशयमा एम्नियोटिक तरल पदार्थ एकदमै कम भएको, पानी बगिरहेको, बच्चाको दिशा (मिकोनियम) मिसिएको तथा बच्चा अवस्था बायाँ तर्फ रहेकोले शल्यक्रिया गर्नुपरेको डाक्टर सोडारीले बताए। विकले पहिलो बच्चालाई जन्म दिएकी छन्। 

उक्त शल्यक्रियामा डाक्टर सोडारी सहित डाक्टर मन्दिप पाठक, एनेस्थेसिया महेन्द्र कुवँर, नर्स राजेश्वरी केसी, भारती गौतम र सहयोगीमा लक्ष्मि विकको टिम सहभागी थियो।