मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयका शिक्षकहरू Lifeline Achham को सहयोगी स्वयंसेवक

विद्यालयका शिक्षकहरू Lifeline Achham को सहयोगी स्वयंसेवक


अछाम : जिल्लाको साँफेबगर नगरपालिका ३ सिद्देश्वरमा रहको प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक विद्यालय, अछामका शिक्षकहरू Lifeline Achham को सहयोगी स्वयंसेवकको रूपमा आबद्ध भएका छन्।

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै शिक्षकहरू Lifeline Achham टीमको स्वयंसेवकको रूपमा आबद्ध भएका हुन।

समुदायमा रक्तदान मार्फ़त जीवन रक्षा र सामाजिक उत्तरदायीतर्फ सक्रिय भएको Lifeline Achham संग सहकार्य गरिने बिद्यालयले जनाएको छ ।

Lifeline Achham जुन जिम्मेवारी निर्वाह गर्नुभएको छ, त्यो कार्य केवल प्रेरणादायी नभई, समाज परिवर्तनतर्फको ठोस कदम हो यसमा सहकार्य गर्न पाऊदा ख़ुशी अनुभूत भएको छ शिक्षकहरूले भने ।

Lifeline Achham को तर्फबाट फ़ेसबुकमा जारी सन्देशमा भनिएको छ, “शिक्षकज्यूहरूको यो सकारात्मक योगदानले अन्य व्यक्तिहरू तथा शैक्षिक संस्थाहरूलाई पनि Lifeline Achham को अभियानमा सहभागी हुन हौसला प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ।”

सम्पूर्ण शैक्षिक संस्था तथा व्यक्तिहरूलाई “ज्ञानसँगै जीवन रक्षा गर्ने अभियानमा हातेमालो गर्न” Lifeline Achham ले आग्रह गरेको संस्थापक गणेश कुँवरले बताए।

थप जानकारीका लागि Lifeline Achham को वेबसाइट lifelineachham.org फ्लो गर्न सकिनेछ।