मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

BFI Club साँफेबगरकाद्वारा लाइफलाइन अछामसँग सहकार्य

BFI Club साँफेबगरकाद्वारा लाइफलाइन अछामसँग सहकार्य


अछाम : साँफेबगर क्षेत्रमा क्रियाशिल बैँक, बित्तिय संस्था तथा ईन्स्योरेन्स कम्पनीको साझा समुह बिएफआई क्लबका सम्पूर्ण सदस्यहरु लाइफलाईन अछामको स्वयमसेवकको रुपमा आवद्ध भएका छन् । समाजसेवामा क्रियाशिल रहेको लाइफलाइन अछामसँग सहकार्य गर्दै सहयोगी स्वयंसेवकको रूपमा उनिहरु आवद्ध भएका हुन् ।

लाइफलाइन अछामले जिल्ला भित्र र बाहिर पनि कुनैपनि नागरिकलाई आकस्मिक रुपमा ब्लड आवश्यक भएमा सहकार्य गर्दै रक्तदान गर्दै मानव जीवन बचाउनका लागि सक्रिय भएर लागिरहेको छ । सोही कुराबाट प्रेरित भएर बिएफआईका प्रतिनिधिहरूले लाइफलाईन अछामसंग सहकार्य गर्दै आफुहरु पनि समाजसेवामा योग्दान दिन सक्रिय हुने बताएका छन् ।

ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै उनिहरुले, “समाजसेवामा यो सहकार्यले नयाँ उचाइ लिनेछ” भन्ने विश्वास व्यक्त गरेका छन्। क्लबका सदस्यहरूले सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धता र सक्रिय सहभागिताले अछामको सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सहयोगी स्वयंसेवकको रूपमा आबद्ध भएसँगै, सदस्यहरूले समुदायमा आवश्यक पर्ने क्षेत्रमा सक्रिय भई सहयोग गर्नेछन्। लाइफलाईन अछामले भन्यो “यो पवित्र यात्रामा समाज सेवाको बलियो जग बसाउन हरेक एक–एक जनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,।”

लाइफलाइन अछाम र बिएफआई क्लब साँफेबगरबीचको यो सहकार्यले सामाजिक रूपान्तरणको मार्गमा नयाँ उदाहरण स्थापना गर्ने विश्वास गरिएको छ। लाइफलाईनले सुरुवाति चरणमै आफ्नो उपस्थितीलाई फराकिलो पार्दै गईरहेको छ ।