मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमको महिला भलिबलमा ऐतिहासिक उपलब्धी

सुदूरपश्चिमको महिला भलिबलमा ऐतिहासिक उपलब्धी

तुर्माखाँद गाउँपालिकाद्वारा दिपावलीको रूपमा विजय उत्सव


अछाम –पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ऐतिहासिक सफलता हात पार्दै सुदूरपश्चिम प्रदेशको महिला भलिबल टोलीले १५ वर्षपछि गोल्ड मेडल जितेको अवसरमा तुर्माखाँद गाउँपालिकाले दीपावली कार्यक्रमको आयोजना गरेको छ।

१८ वर्षमुनिको १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत पहिलो पटक सुदूरपश्चिमका चेलीहरूले भलिबलतर्फ स्वर्ण पदक प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेर उत्सवको रूपमा तुर्माखाँद गाउँपालिकामा दीप प्रज्वलन गरी मनाइएको छ।

कार्यक्रममा तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बी.सी., उपाध्यक्ष बिमला कुमारी शाही, प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री लगायत गाउँपालिकाका भलिबल खेलाडीहरू, प्रशिक्षकहरू, भलिबलप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

गोल्ड मेडल जित्नु सुदूरपश्चिम प्रदेशको खेलकुद इतिहासमा उल्लेखनीय उपलब्धि मानिएको छ। नेपालीको राष्ट्रिय खेलको रूपमा चिनिएको भलिबलमा यस्तो सफलता १५ वर्षपछि प्राप्त हुनु प्रदेशकै गौरवको विषय बनेको छ।

कुशल मार्गदर्शन र खेलाडीहरूको अथक मिहिनेतले यस उपलब्धिको ढोका खोलेको आयोजकले बताएका छन्।

पालिका प्रशिक्षक कमल बहादुर बुढाले भने,“खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणकै कारण आज हामीले यो ऐतिहासिक सफलता हात पारेका छौँ। सुदूरपश्चिमको नाम अब राष्ट्रिय स्तरमा अझ गर्वका साथ लिइनेछ।”

कार्यक्रममा सहभागी सबैले सुदूरपश्चिम प्रदेशका खेलाडीहरूको निरन्तर सफलता र उज्ज्वल भविष्यको कामना गरेका थिए।