टेक बहादुर थापा, अछाम : मंगलसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकामा रहेका खोप लगाउने उमेर समुहका सबै बालबालिकाहरुलाई खोप लगाएको सुनिश्चित भएपछी बुधबार एक कार्यक्रमको आयोजना गरि पूर्ण खापयुक्त पालिका घोषण गरिएको हो । पालिकामा रहेका खोप लगाउने उमेर समुहका सबै ४ सय ११ जना बालबालिकालाई पूर्णरुपमा खोप लगाईएपछी घोषण गरिएको स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिनुभएको छ ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷ नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको शाखा प्रमुख ढुंगानाले बताउनुभयो ।
नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले यो अभियानमा महत्वपूर्ण भुमिका खेल्ने सबैलाई धन्यवाद दिनुभएको छ । स्वास्थ्यकर्मीहरुले सिमीत स्रोत साधनका बाबजुद पनी राम्रो काम गरेकाले अझै राम्रो कसरी गर्न सकिन्छ यस तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । स्वास्थ्य जस्तो संवेलदनशिल क्षेत्रको नेतृत्व गरिरहेका स्वास्थ्य शाखाहरुले आफ्नो सेवा क्षेत्रका नागरिकलाई कसरी गुणस्तरिय स्वास्थ्य सेवा दिन सकिन्छ यस तर्फ भुमिका खेल्न सुझाव दिनुभएको थियो ।
घोषण कार्यक्रममा उप प्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, सामाजिक विकास समितिका संयोजक बृख बहादुर बोगटी, वडा न १२ का अध्यक्ष खगेन्द्र बहादुर रावल, जिल्ला स्वास्थ्य कार्यालय अछामका क्षय कुष्ठरोग निरिक्षक दिपेन्द्र जोशी, जुपु स्वास्थ्यचौकी ईन्चार्ज रत्ना सोडारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा १४ वटै वडाका वडा अध्यक्ष , स्वास्थ्यचौकी ईन्चार्ज र महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन सिनियर अहेब चन्द्र प्रसाद ढुंगानाले गर्नुभएको हो ।
प्रतिक्रिया