अछाम ः जिल्लाको बयालपाटा अस्पतालमा भोली असार ७ गते देखि पाठ्घर खसेका महिलाको लागि शल्यक्रिया शिबिर हुने भएको छ ।
स्वास्थ्य कार्यालय अछामको आयोजना तथा न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशसंगको सहकार्यमा शिबिर हुन लागेको हो ।
शिबिरमा पाठयघर / आङ खसेका महिलाहरुको अप्रेशन शल्यक्रिया हुने बयालपाटा अस्पतालले जनाएको छ । शिबिरको लागि कोहलपुर मेडिकल कलेजका बिशेषत्र डाक्टर बिनोद महासेठ लगायतको टिम अछाम आउने स्वास्थ्य कार्यालय अछामका प्रमुख झपट ढुंगानाले बताए । प्रमुख ढुंगानाका अनुसार शिबिरको सबै तयारी पुरा भईसकेको छ ।
यसअघि शल्यक्रियाका लागि जिल्ला सबै पालिकाहरुमा खबर भएर स्क्रिनिगंको काम समेत भईसकेको उनले बताए ।
प्रतिक्रिया