मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा पाठयघर आ खसेका महिलाहरुको लागि शल्यक्रिया शिविर सुरु

बयालपाटा अस्पतालमा पाठयघर आ खसेका महिलाहरुको लागि शल्यक्रिया शिविर सुरु


अछाम : जिल्लाको बयालपाटा अस्पतालमा देखि पाठयघर आ खसेका महिलाहरुका लागि निशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

कोहलपुर मेडिकल कजेजबाट आएका स्त्रीरोग बिशेषज्ञ डाक्टर बिनोन महासेठको टोलीले शल्यक्रिया सुरु गरेको छ ।

शनिबार बिहान एक कार्यक्रम गरी शिविरको उद्घाटन गरिएको हो । अस्पताल सञ्चालक समिति अध्यक्ष तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँर प्रमुख अथिति रहेका थिए ।

प्रमुख अथिति कुवँरले नेपालगञ्जबाट बिशेषज्ञ डाक्टर बोलाएर यस क्षेत्रका महिलाहरुलाई मध्यनगर गरि शिविरको आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथि जिविस अछामका पूर्व सभापती भरत कुमार स्वाँर रहेका थिए । यस्तै कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगाना, जिल्ला अस्पतालका मेसु डाक्टर कमलेश यादव, बयालपाटा अस्पतालका डाक्टर मन्दिप पाठक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन बयालपाटा अस्पतालनका सुशासन तथा साझेदार व्यवस्थापक हिम बिश्वकर्माले गरेका थिए । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय र बयालपाटा अस्पतालको सहकार्यमा सुरु भएको शिविरको आयोजना स्वास्थ्य कार्यालय अछामले गरेको हो ।