अछामको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ५६ करोड ८९ लाख ६ हजार बजेट ल्याएको छ ।
नगरले यसपाली पनी शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार विकालाई प्रथामिकता दिएको छ । जस अन्तरर्गत पालिका भित्र रहेका १४ वटै वडालाई पनि बजेट विनियोजन गरिएको छ । भुगोल र जनसंख्याको आधारमा बजेट बाडफाड गर्दा सबैभन्दा बढी वडा न १३ बस्तीले ३० लाख पाएको छ भने सबैभन्दा कम वडा न २ ले १० लाख पाएको छ ।
यसैगरी वडा न १ मा २४ लाख, वडा न ३ मा २६ लाख, वडा न ४ मा २३ लाख, वडा न ५ मा २६ लाख छ भने वडा न ६ ले १८ लाख, वडा न ७ मा १९ लाख, वडा न ८ मा १७ लाख, वडा न ९ मा १८ लाख, वडा न १० मा १७ लाख, वडा न ११ मा १७ लाख, वडा न १२ मा २७ लाख र वडा न १४ मा २८ लाख रकम गएको छ ।

प्रतिक्रिया