मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाउँपालिकाले ल्यायो ४७ करोड १० लाख बढीको बजेट

चौरपाटी गाउँपालिकाले ल्यायो ४७ करोड १० लाख बढीको बजेट


अछाम : चौरपाटी गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२÷०८३ को लागि ४७ करोड १० लाख २५ हजार ६ सय ४८ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा चौरपाटी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष हेमकर्ण खड्काले बजेट प्रस्तुत गर्नुभयो ।

आर्थिक वर्ष ०८२÷८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा वित्तिय समानिकरण तर्फ संघ सरकारबाट २ करोड २२ लाख रुपैया, प्रदेश सरकाबाट १ लाख ३४ हजार, राजस्व बाँडफाँटबाट संघ सरकारबाट १० करोड १८ लाख, ६९ हजार, प्रदेश सरकारबाट ३४ लाख ६२ हजार रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ।

यस्तै, सर्शत अनुदान संघ सरकारबाट २० करोड ८९ लाख, प्रदेश सरकारबाट ८० लाख, समपुरक अनुदान संघ सरकारबाट १ करोड, प्रदेश सरकारबाट १ करोड २६ लाख, विशेष अनुदान संघ सरकारबाट ६९लाख, प्रदेश सरकारबाट ७५ लाख प्राप्त हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिनुभयो ।

आन्तरिक स्रोतबाट ८१ लाख ५१ हजार र वाक नेपालबाट ३३ लाख रुपैया प्राप्त हुने प्रक्षेपण गरिएको छ ।आर्थिक वर्ष २०८२÷०८३ को वजेटमा विषयगत शाखालाई वजेट विनियोजन गरिएको छ ।

जसमा सवैभन्दा वढी चालु खर्च तर्फ ९ करोड २४ लाख २५ हजार, वडाको लागि २ करोड १९ लाख ५० हजार, चालु तर्फ ४२ लाख, शिक्षा शाखा तर्फ २ करोड ७५ लाख ३७ हजार, स्वास्थ्य शाखा तर्फ २ करोड १० लाख रुपैया, महिला वालवालिका तथा लक्षित वर्गको लागि १५ लाख ४५ हजार, कृषि विकास शाखा १३ लाख ३३ हजार, पशु सेवा शाखाको लागि ७ लाख ५० हजार वजेट प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिनुभयो ।

कृषिलाई व्यवसायीकरण, भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, महिला तथा वालवालिका, खानेपानी योजना, खेलकुद, पर्यटन, संस्कृति क्षेत्रलाई प्राथमिकता दिएर वजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष साउदको भनाई रहेको छ ।