ललितपुर, समाजसेवामा निरन्तर क्रियाशील अछाम–टिकाथली सेवा समाज, ललितपुरले लाइफलाइन अछाम द्वारा सञ्चालित “Blood For Achham” रक्तदान अभियानलाई आवश्यक टी-शर्ट उपलब्ध गराएर सहयोग गरेको छ।
समाजले जनाए अनुसार, “परोपकारी समाज सेवामा सक्रिय लाइफलाइन अछामलाई अभियानको निरन्तरता र थप उत्साह प्रदान होस् भन्ने उद्देश्यले टी-शर्ट सहयोग गरिएको हो।” अछाममा निरन्तर रगत अभावका कारण ज्यान गुमाउने समस्या न्यूनीकरण गर्न लाइफलाइन अछाम सक्रिय रूपमा कार्यरत रहँदै आएको छ।
यस सहयोगप्रति लाइफलाइन अछाम टिमले अछाम–टिकाथली सेवा समाज, ललितपुरप्रति हार्दिक आभार व्यक्त गरेको छ।
टिमले सामाजिक संजालमा भनेको छ, “तपाईंहरूको माया, विश्वास र साथले हामीलाई समाज रूपान्तरणको यात्रामा निरन्तर अघि बढ्न हौसला प्रदान गरेको छ। हामी आशावादी छौं कि आगामी दिनहरूमा पनि तपाईंहरूको यस्तै प्रेरणादायी सहभागिता निरन्तर रहनेछ।”
यस प्रकारको सहकार्यले अछामको स्वास्थ्य सेवा क्षेत्रमा नागरिकस्तरबाट भइरहेको सकारात्मक प्रयासलाई थप बल प्रदान गर्ने विश्वास लिइएको छ।



प्रतिक्रिया