मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४३ औँ बीपी स्मृती दिवसको अवसरमा कांग्रेस अछाम विचार गोष्ठी तथा बृक्षारोपण कार्यक्रम

४३ औँ बीपी स्मृती दिवसको अवसरमा कांग्रेस अछाम विचार गोष्ठी तथा बृक्षारोपण कार्यक्रम


अछाम । ४३ औँ बीपी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस अछाम विचार गोष्ठी तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला कार्य समिति अछामको आयोजनामा बिचार गोष्ठी र बृक्षारोपण कार्यक्रम सम्पन्न भएको कांग्रेस अछाका प्रवक्ता पदम बहादुर शाहले बताए । उनका अनुसार बिपीले अंगालेको राष्टियता, लोकतन्त्र र माजवादका बिषयमा विचार गोष्ठी आयोजना गरिएको हो ।

कांग्रेस अछामका कार्यवाहक सभापती नयाँराम बजगाईको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभापती भरत कुमार स्वाँर प्रमुख अथिति रहेका थिए ।

विचार गोष्ठीमा बोल्दै पूर्व सभापती स्वाँरले महामानव बिपी काईरालाले अंगालको निति अहिले पनि उत्तिकै सान्र्दभिक रहेको बताए । कांग्रेस नता कार्यकर्ता बिपीको विचारमा अडिग नभएको भन्दै नेता स्वाँर दुखेसो व्यक्त गरे ।

कांग्रेका नेता कार्यकर्ता एकजुट भइृ पार्टी निर्माण र समाज परिर्वतनका लागि क्रियाशिल हुनुपर्नेमा नेता स्वाँरको जोड थियो । कार्यक्रममा सहभागी नेता कार्यकताहरुले बिपीको नितिलाई सबैले अंगालेर समाज विकास र पार्टी निर्माणमा जुट्नु पर्नेमा जोड दिएका थिए । यसअघि ४३ औँ बीपी स्मृतीको अवसरमा बृक्षारोपण समेत गरिएको थियो ।