- दीपक बिष्ट
खिर जस्तै होस् जीवन
थोरै होस्, तर मिठो होस्
चिनी झैँ माया मिसिएको,
दूधझैँ सेतो, शुद्ध, शान्त,
भित्रैदेखि पाकेर स्वादीलो ।
धैर्यको आगो बिस्तारै बलोस्,
भावनाको चम्चाले चलाउँदै,
स्मृतिको काजु–किसमिस छरिएको,
सपना जस्तै नझरिने मीठास होस्।
उमेरले घट्दै गएकी माताको हातजस्तो,
शरीर थाकेको तर माया नथाकेको,
सादा भान्सामा बनेको त्यो मिठो क्षण
त्यो नै होस् जीवन, त्यो नै होस् मन।
रोज रोज नपरोस्, तर जब परोस्
मनभरि बसिरहने स्वाद छोडोस्।
खिर जस्तै होस् जीवन
थोरै होस्, तर मिठो होस्




















प्रतिक्रिया