मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको तुर्माखाँदमा संस्थापक नेता स्वर्गीय सक्ते ढोलीको शालिक अनावरण

अछामको तुर्माखाँदमा संस्थापक नेता स्वर्गीय सक्ते ढोलीको शालिक अनावरण


अछाम । जिल्लाको तुर्माखाँद गाउँपालिकाका पहिलो संस्थापक नेता स्वर्गीय सक्ते ढोलीको सम्मानमा निर्माण गरिएको शालिकको आज एक विशेष समारोहबीच अनावरण गरिएको छ।

अछाम जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य माननीय अक्कल बहादुर रावलले उक्त शालिकको उद्घाटन गर्नुभएको हो।

स्वर्गीय ढोलीकी धर्मपत्नी श्रीमती कला ढोलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तुर्माखाँद गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष पदम बहादुर बि.सी., तुर्माखाँद क्षेत्रका राजनीतिक व्यक्तित्व, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै तुर्माखाँद गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष पदम बहादुर बि.सी.ले स्वर्गीय ढोलीले देखाएको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिल्ने बताउनुभयो। “स्वर्गीय ढोलीले देखाउनुभएको बाटो र उहाँको संघर्ष नै आजको तुर्माखाँदको जग हो,” उहाँले भन्नुभयो, “उहाँको शालिकले हामी जनप्रतिनिधि र आम नागरिकलाई सधैँ जनताको सेवामा निःस्वार्थ रूपमा लाग्न प्रेरित गर्नेछ।”

स्वर्गीय सक्ते ढोली तुर्माखाँद गाउँपालिकाका संस्थापक मात्र नभई त्यस क्षेत्रका दलित समुदाय तथा पिछडिएका वर्गका एक सशक्त आवाज मानिनुहुन्थ्यो। शालिक निर्माणले उहाँको योगदानलाई जीवन्त राख्नुका साथै सामाजिक न्याय र समानताका लागि लड्न नयाँ पुस्तालाई प्रेरित गर्ने विश्वास लिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय रावलले स्वर्गीय सक्ते ढोलीले तुर्माखाँदको स्थापना र समग्र विकासका लागि पुऱ्याउनु भएको योगदान अविस्मरणीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सक्ते ढोली एक दूरदर्शी नेता हुनुहुन्थ्यो, जसले यस क्षेत्रको सामाजिक र राजनीतिक परिवर्तनको जग बसाल्नुभयो।

उहाँले देखेको समृद्ध तुर्माखाँदको सपना साकार पार्नु हाम्रो साझा कर्तव्य हो। यो शालिकले भावी पुस्तालाई निरन्तर प्रेरणा प्रदान गर्ने बताउनु भयाे।”

कार्यक्रमकी अध्यक्ष तथा स्वर्गीय ढोलीकी पत्नी कला ढोलीले आफ्नो पतिको सम्मानमा शालिक निर्माण गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै भावुक हुनुभयो। उहाँले भन्नुभयो, “उहाँले यो क्षेत्रका जनताको सुख र समृद्धिका लागि आफ्नो जीवन समर्पित गर्नुभयो।

आज उहाँको योगदानको कदर भएको देख्दा गर्व महसुस भएको छ। यो शालिकले उहाँका विचारहरूलाई सधैँ जीवन्त राख्नेछ।”स्वर्गीय सक्ते ढोली तुर्माखाँद गाउँपालिकाका संस्थापक मात्र नभई त्यस क्षेत्रका दलित समुदाय तथा पिछडिएका वर्गका एक सशक्त आवाज मानिनुहुन्थ्यो।

शालिक निर्माणले उहाँको योगदानलाई जीवन्त राख्नुका साथै सामाजिक न्याय र समानताका लागि लड्न नयाँ पुस्तालाई प्रेरित गर्ने विश्वास लिइएको छ।

उद्घाटन समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा स्थानीयहरूले स्वर्गीय ढोलीको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रम संञ्चालक हिक्मत बहादुर बयकले गर्नु भएकाे थियाे ।