मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घाँस काट्न गएका किशोरको सर्पको टोकाइबाट मृत्यु

घाँस काट्न गएका किशोरको सर्पको टोकाइबाट मृत्यु


अछाम : तुर्माखाँद गाउँपालिकामा सर्पको टोकाइबाट एक किशोरको दुःखद मृत्यु भएको छ। तुर्माखाँद गाउँपालिका वडा नं. १ निवासी लोक बहादुर शाहीका १५ वर्षीय छोरा कमल शाहीको घर नजिकैको बारीमा घाँस काट्ने क्रममा सर्पले टोकेर मृत्यु भएको हो।

पारिवारिक स्रोतका अनुसार, शनिबार दिउँसो कमल घर नजिकैको बारीमा घाँस काट्न गएका थिए। सोही क्रममा उनलाई विषालु सर्पले टोकेको थियो।

सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि लैजाने तयारी गर्दागर्दै उनको अवस्था गम्भीर बन्न पुगेको र केही समयमै मृत्यु भएको स्थानीयले बताएका छन्।

मृतक कमल शाही स्थानीय श्री बिन्द्रासैनी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक जेहेन्दार विद्यार्थी थिए।

बर्षायामको समयमा खेतीपाती र घाँस-दाउराको काम गर्दा सर्पदंशको जोखिम बढ्ने भएकाले सबैलाई सचेत रहन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। घटनापछि स्थानीय प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।