मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार

सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार


३ भदौ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से, सेन्सिटिभ सूचकसहित समूगत सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ । हिजो बजार ९ अंक बढेको थियो । आज पछिल्लो १५ मिनेटको भारित औसत मूल्य गणनाअघि नेप्से ९ अंक बढेको थियो ।

कारोबारका क्रममा दिउँसो साढे १ बजे नेप्से २७९६ अंकसम्म पुगेको थियो । जुन अंक आजका लागि अधिकतम रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडमा खुम्चियो । कारोबार रकम केही दिनयता नै घटेको छ । १४२ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो ।