मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा प्रादेशिक अस्पतालमा आकस्मिक प्रसुती शल्यक्रिया सेवा सुचारु

बयालपाटा प्रादेशिक अस्पतालमा आकस्मिक प्रसुती शल्यक्रिया सेवा सुचारु


अछाम ः बयालपाटा प्रादेशिक अस्पतालमा आकस्मिक प्रसुती शल्यक्रिया सेवा समेत सुचारु भएको छ । डा. जोशी संगै मन्त्रालयले एडभान्स एसबिए डा. राजपती शाहलाई समेतलाई अस्पतालमा खटाएपछि आकस्मिक प्रसुती सेवा सुचारु भएको हो ।

जस अन्र्तगत बुधबार साँफेबगर नगरपालिका वडा नं. १० की एक महिलाको दोश्रो शिशुलाई शल्यक्रिया मार्फत प्रसुती गराईएको छ । २१ बर्षिय जमुना भुलले पहिलो बच्चालाई स्वास्थ्य चौकीमा जन्म दिएकी थिई्न ।

जटिल अवस्थमा स्वास्थ्य चौकी बाट रेफर भई बयालपाटा प्रादेशिक अस्पतालमा आएकी उनको शल्यक्रिया मार्फत दोश्रो शिशुलाई निकालिएको शल्यक्रियामा संलग्न रहेका डा. जोशीले बताए ।

बच्चा उल्टो फर्केको अवस्थामा रहेका कारण पनि उनको शल्यक्रिया गर्नुपरेको डा. जोशीले बताए । शल्यक्रियामा डा. जोशी संगै, एडभान्स एसबिए डा. राजपती शाह, एनेस्थेटिस्ट महेन्द्र कुवँर, नर्स राजेश्वरी केसी, बिमला स्वाँर र सहयोगी बसन्ती ताम्राकार संलग्न रहेका थिए ।

यस संगै अस्पतालले सामान्य तथा आकस्मिक खालका हाडजोर्नी तथा अन्य शल्यक्रिया समेत सुरु गरेको डा. जोशीको भनाई छ ।