मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराकी गर्भवतीको बयालपाटामा आकस्मिक सिजेरियन, आमा–शिशु दुवै सुरक्षित

बाजुराकी गर्भवतीको बयालपाटामा आकस्मिक सिजेरियन, आमा–शिशु दुवै सुरक्षित


अछाम – अछामको बयालपाटा प्रादेशिक अस्पतालमा आकस्मिक शल्यक्रिया मार्फत एक महिलाले शिशु जन्माएकी छन्।

बाजुरा जिल्ला अस्पतालबाट रिफर भएर आएकी बाजुराको पाडुसैनकी २४ वर्षीया सरु रावलको चौथो गर्भमा समस्या देखिएपछि आकस्मिक शल्यक्रिया (सिजेरियन) गरिएको हो।

शल्यक्रियामा संलग्न एनेस्थेटिक महेन्द्र कुवँरका अनुसार रावलको यसअघि भारतमा भएको शल्यक्रियाबाट बनेको घाउ (C/S scar) मा दुखाइ र संवेदनशीलता देखिएपछि आपतकालीन शल्यक्रिया गर्नुपरेको थियो।

“अप्रेशनको क्रममा पाठेघर फुट्नै लागेको अवस्थामा बयालपाटा अस्पताल आइपुगेकी थिइन्। समयमै शल्यक्रिया गरिएको कारण आमा र बच्चा दुवै सुरक्षित छन्,” कुवँरले जानकारी दिए।

शल्यक्रियामा सर्जन डा. सुजन यादव, डा. रोशनी प्रजापती, एनेस्थेटिक महेन्द्र कुवँर, नर्सहरू राजेश्वरी केसी, विमला स्वाँर, भारती गौतम तथा सहयोगी शान्ती खड्का सहभागी थिए।

रावलका अनुसार उनका एक छोरा र एक छोरी रहेका छन्। यसअघि तेस्रो गर्भमा बच्चा पेटमै मृत अवस्थामा रहेपछि चार वर्ष अघि भारतमा शल्यक्रिया गरेर निकालिएको उनले बताइन्।