मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको तुर्माखाँदमा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला

अछामको तुर्माखाँदमा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला


अछाम । अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई जना किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार रानिवनकै १५ वर्षीया साउनी बी.क (पिता–सर्पे कामी) र १२ वर्षीया प्रेमकला बी.क (पिता–कमल बी.क) को शव बिहीबार बिहान स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो।

परिवारका सदस्यहरूले दुवै किशोरीलाई बुधबार रातिदेखि सम्पर्कविहीन भएको बताउँदै खोजी कार्य थालेका थिए। खोजीक्रममा आज बिहान उनीहरूको शव जंगलमा भेटिएको हो।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले आत्महत्या भएको अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

दुवै किशोरीले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनाले स्थानीय बासिन्दा स्तब्ध बनेका छन्।