अछाम ः अछामको सदरमुकाम स्थित ग्लोबल आईएमी बैँक शाखा कार्यालय अछामले सदरमुकाममै रहेको श्री षोडशा माध्यामिक बिद्यालयलाई सिसिटिभी सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैँकले स्कुललाई सिसिटिभी सहयोग गरेको हो ।
सुरक्षाका दृष्टिले महत्पूवर्ण उपकरण मानिने सिसिटभीका ५ थान क्यामेरा र उक्त क्यामेरा जडान गर्ने सबै आवश्यक सामाग्री बिद्यालयलाई उपलब्ध गराईएको बैकका शाखा प्रबन्धक अर्जुन बटालाले बताए ।
शाखा प्रबन्धक बटालाले आफुले बिगतमा षोडशा माबी बाटै माध्यामिक तह सम्मको शिक्षा हासिल गरेको स्मरण गर्दै अहिले सोही बिद्यालयलाई सहयोग गर्न पाउदाँ खुशी मिलेको बताए । पूर्व बिद्यार्थी रहेका उनले बिद्यालयका प्रधानाध्यापक लगायत व्यवस्थापन पक्षको अनुरोधमा यसपटकको संस्थागत सामाजिक उत्तरदायित्व अर्नगतको ४१ हजार बराबरको सहयोग गरेको उनले बताए ।
सिसिटीभी हस्तान्त्ररण कार्यक्रममा बिद्यालयका प्रधानाध्याक बृकेश बोगटी, शिक्षक सर्पराज रिमाल, अन्य शिक्षक, बिद्यार्थी र बैंकको तर्फबाट शाखा प्रबन्धक बटाला सहित कर्मचारी लक्ष्मण भण्डारीको समेत उपस्थिती रहेको थियो ।




















प्रतिक्रिया