मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुवेतलाई हराउँदै पाकिस्तानले जित्यो हङकङ सिक्सेस क्रिकेटको उपाधि

कुवेतलाई हराउँदै पाकिस्तानले जित्यो हङकङ सिक्सेस क्रिकेटको उपाधि


काठमाण्डाै – कुवेतलाई ४३ रनले हराउँदै पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले छैटौं पटक हङकङ सिक्सेसको उपाधि जितेको हो ।

हङकङको मोङ कोकमा आज भएको फाइनलमा पाकिस्तानले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कुवेतले ५ ओभर १ बलमा ६ विकेट गुमाएर ९२ रनमात्र बनाउन सक्यो । कुवेतका मीट भावसारले ३३, अदनान इद्रीसले ३० रन बनाए । पाकिस्तानका माज सदाकतले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ६ ओभरमा ३ विकेट गुमाएर १ सय ३५ रन बनायो । पाकिस्तानका कप्तान अब्बास अफ्रिदीले ५२, अब्दुल समादले ४२ रन बनाए । हङकङका मीट भावसारले ३ विकेट लिए ।

१२ वटा टोली सहभागी प्रतियोगितामा नेपाल ११औं स्थानमा रह्यो । नेपालभन्दा पछि भारत रह्यो । नेपालले प्रतियोगितामा एकमात्र जीत निकाल्ने क्रममा भारतलाई हराएको थियो ।

यसैबीच नेपाली टोलीको कप्तानी गर्दै हङकङ पुगेका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । यसअघि नै उनले हङकङ सिक्सेस आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट रहेको बताएका थिए ।