मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेफ हाउस र ओसी एमसीको सेवालाई थप प्रभावकारी बनाइने

सेफ हाउस र ओसी एमसीको सेवालाई थप प्रभावकारी बनाइने


अछाम : एकद्धार संकट व्यवस्थपन केन्द्र ओसी एमसी र सुरक्षित आवासगृह सेफ हाउसलाई थप व्यवस्थित गरेर लैजान आ—आफ्नो क्षेत्रबाट सहयोग गर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले प्रतिबद्धता जनाएका छन । यी दुईवटै संस्थाहरु एक अर्काको परिपुरक भएकाले यसबाट दिईने सेवालाई गुणस्तरिय बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । एकद्धार संकट व्यवस्थापन केन्द्र गुनासो सुनुवाइ तथा सुरक्षित अवास गृह गुनासो सुनुवाइ र व्यवस्थापन सम्बन्धी आयोजना गरिएको अन्तरकृया कार्यक्रममा सहभागि जिल्लाका सरोकारवालाले पछिल्लो समयमा ओसी एमसी र सुरक्षित अवास गृह सेफ हाउसमा सेवाग्राहीको संख्यापनि बढ्दै गएकाले यसलाई थप व्यवस्थित गरेर लैजान सबै क्षेत्रबाट सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

यो अहिलेको आवश्यक्ता भएकाले स्थानीय सरकारले पनि प्रतिबद्धता जनाए अनुसार स्रोतको व्यवस्थापन गर्नुपर्ने र साझेद्धार संस्थाहरुले पनि थप रचनात्मक ढंगबाट काम गर्नुपर्ने सुझाव दिएका छन । अन्तरकृया कार्यक्रममा जिल्ला अस्पताल अछाममा संचालन हुदै आएको ओसी एमसी र मंगलसेन नगरपालिका द्धारा संचालित सुरक्षित आवास गृह सेफ हाउसलाई नमुना आवास गृहको रुपमा विकास गरेर लैजाने विषयमा व्यापक रुपमा छलफल गरिरएको थियो ।

जिल्ला अस्पताल अछामका निमित्त कार्यालय प्रमुख डाक्टर अतुल भारद्धाजको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले यी दुईवटै संस्थाहरु संचालनका लागि जिल्लाका १० वटै पालिका प्रमुख र उप प्रमुख विच छलफल भईसकेकाले स्रोत आउनेक्रम पनि सुरु भईसकेको बताउनुभयो । पहिले केही पालिकाहरुले यसमा आनाकानी गरेपनि पछिल्लो समयमा सबै सरोकारवालाहरु जिल्लामा एक मात्र सेफ हाउस संचालन गर्नुपर्छ भन्ने विषयमा सहमत भएकाले अब संचालन गर्न मसस्या नहुने बताउनुभयो । एकद्धार संकट व्यवस्थपान केन्द्र ओसी एमसी र मंगलसेन नगरपालिका द्धारा संचालित सुरक्षित आवासगृह सेफहाउसलाई नमुना संस्थाको रुपमा विकास गरेर लैजाने विषयमा पुन सरोकारवाला संग छलफलको विषय बनाईने समेत प्रतिबद्धता जनाउनु भएको छ ।

जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती शाहीले मंगलसेन नगरपालिकाले संचालन गर्दै आएको सेफ हाउसलाई व्यवस्थित गरेर लैजानु अहिलेको आवश्यक्ता भएको बताउनुभयो । जिल्लामा एक मात्र सेफ हाउस बनाउनुपर्नेमा जोड दिदै यही सेफहाउसलाई सबै क्षेत्रबाट सहयोग हुज जरुरी रहेको उप प्रमुख शाहीको भनाई छ । आफ्नो तह बाट यो संस्थालाई सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

जिल्ला अस्पताल अछामका निमित्त कार्यालय प्रमुख डाक्टर अतुल भारद्धाजले यी संस्था बाट प्रदान गरिने सेवालाई थप गुणस्तरिय बनाउन जिल्लाका १० वटै पालिकाबाट सहयोग हुने अपेक्षा गर्नुभएको छ । जिल्ला अस्पताल अछाम र मंगलसेन नगरपालिकाको मात्रै दायीत्व नभएर सबै क्षेत्रको उतिकै भएकाले सहयोगी हातहरु अघि बढाउन आग्रह गर्नुभएको थियो । आफुहरुले सिमित स्रोत साधनका बाजुद पनि सेवाग्राहीलाई सेवा दिदै आएको उहाको भनाई छ ।

कमलबजार नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडग बहादुर बिष्टले यसबारेमा आम नागरिकहरुलाई जानकारी गराई आएका गुनासाहरु कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा हामी सबै सरोकारवाला गम्भिर हुन आवश्यक रहेको बताउनुभयो । अहिले पनि केही पालिकाहरुले आर्थिक सहयोग गरेकाले अब गर्नुपर्ने केहो यसबारेमा पनि छलफलको आवश्यक रहको उहाको भनाई छ ।

सोही अवसरमा गुनासो सुनुवाइ र व्यवस्थापन प्रणलीलाइ प्रभावकारी रुपमा कार्यन्वयन गर्न तथा गरिएको एकद्धार संकट व्यवस्थापन केन्द्र अन्र्तगत लैङ्गिक हिंसा व्यवस्थापन जिल्ला समन्वय समितिमा स्वीकृतिका लागि अनुरोध गर्ने , कार्यक्रममा सहभागि सरोकारवालाले दिएका सुझावहरु समावेश गरि जिल्ला अस्पताल अछाममा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रमा एक हप्ता भित्र पेश गर्ने निर्णय समेत गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती शाही, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, कमलबजार नगरपालिका उप प्रमुख सारदा बिष्ट कुवँर, निमित प्रमुखजिल्ला अधिकारी नरेन्द्र परियार, अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाल, अनुसन्धान अधिकृत अशोक पौडेल, जिल्ला समन्वय समिति अछामका सदस्य पूर्ण बहादुर रावल, जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झपटराज ढुंगाना, युएन एप्पीएका भरत गोतामे,जुरी नेपालका विध्या चापागाइ , पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला अस्पताल अछामका सिनियर अनमी सुशीला ढुंगानाले गर्नुभएको जिल्ला अस्पताल अछामका सहायक प्रशासकीय अधिकृत झपट बहादुर थापाले जानकारी दिनुभएको छ ।