अछाम ः कम्प्युटर एसोसिएशन महासंघ नेपाल जिल्ला शाखा अछामको छैटौँ साधारण सभा सम्पन्न भएको छ ।
शाखा अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षतामा बसेको साधारण सभाले शाखाका सचिव हिमाल बुढाले प्रस्तुत गर्नुभएको बार्षिक सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।
यस्तै साधारण सभाले क्यान महासंघ अछामको साधारण सदस्य बन्न ईच्छुकहरका लागि सदस्यता आवेदन खुल्ला गर्ने निर्णय समेत गरेको छ ।
साधारण सभामा क्यान सुदूरपश्चिम प्रदेश समितिका पूर्व कोषाध्यक्ष बम बहादुर रावल प्रमुख अथिति रहेका थिए भने सभामा कार्य समितिका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुको समेत सहभागिता रहेको थियो ।





















प्रतिक्रिया