अछाम : बयालपाटा प्रादेशिक अस्पतालमा १ सय ६१ ठुला सफल शल्यक्रिया भएका छन् । गत भाद्र १ गतेबाट सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत आएपछि बयालपाटा प्रादेशकिमा उक्त शल्यक्रिया भएका हुन् ।
३ महिनाको अवधिमा १ सय ३१ जनाको हाडजोर्नीको शल्यक्रिया, १४ जनाको जनरल सर्जरी र १३ जना महिलाले शल्यक्रिया मार्फत सुत्केरी सेवा लिएका छन् ।
असपतालका सर्भिेलेन्स अधिकृत प्रशान्त पंगेनीका अनुसार ३ महिनामा ६३ जनाले सुत्केरी सेवा लिएका छन् भने ८ सय ६१ साना शल्यक्रिया समेत भएका छन् ।
३ महिनाको अवधिमा अस्पतालबाट ५ हजार ८ सय ९८ जनाले सेवा लिएका छन् । जसमध्ये ४ हजार १ सय ९१ जनाले बहिरंग सेवा, १ हजार ३ सय ६४ जनाले आकस्मिक सेवा र ३ सय ४३ जनाले अन्तरंग विभागबाट सेवा लिएका छन् ।
बयालपाटा अस्पतालमा हाल ३ जना बिशेषज्ञ डाक्टर कार्यरत रहेका छन् । हाडजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठक, डा. बिश्वबन्धु निरौला, जनरल सर्जन सरोज ढुंगाना, १ जना डेण्टल सर्जन र ७ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् ।




















प्रतिक्रिया