मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा नहुदा बिरामी मर्कामा

बयालपाटा प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा नहुदा बिरामी मर्कामा


अछाम : अछाम स्थित बयालपाटा प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा लागु नहुदा बिरामी मर्कामा परेका छन । स्वास्थ्य बिमा गरेपनि उपचार सेवा नपाँदा बिरामीलाई भार परेको हो ।

२०८२ साल भाद्र १ गतेबाट सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहतमा आएसंगै अस्पतालमा सरकारी नियम अनुसार शुल्क लाग्ने गरेको छ । स्वास्थ्य बिमामा आवद्ध भएका नागरिकहरु उपचार गराउन आउदाँ उक्त सेवा उपभोग गर्न पाएका छैनन् । सरकारी मातहत आएको ३ महिना बित्दा पनि सो प्रक्रिया पुरा हुन सकेको छैन् ।

१७ बर्ष देखि न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाको व्यवस्थापनमा सञ्चालन हुदैँ आएको बयालपाटा अस्पतालमा तत्कालिन समयमा स्वास्थ्य बिमा लागु थियो तर प्रदेश मातहतमा आएपछि स्वास्थ्य बिमा बोर्डले बिमा लागु गरेको छैन ।

यसअघि स्वास्थ्य बिमाबाट निशुल्क उपचार पाईरहेका नागरिकले अहिले त्यो सुबिधा पनि पाउन सकेका छैनन् । स्वास्थ्य बिमा नहुदा अस्पताल आउने बिरामी संग स्वास्थ्य बिमा भएर पनि नागरिकले उपचार गराउदाँ पैसा तिर्नु परेको छ ।

अस्पतालबाट सबै प्रक्रिया पुरा गरेर पठाएपनि बोर्डले अनुमति नदिएको अस्पताल श्रोतले जनाएको छ । प्रदेशबाट केन्द्रमा आवश्यक कागजात सहित सिफारिष गरिएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साँउदले बताए ।

१७ बर्षसम्म निशुल्क स्वास्थ्य सेवा दिईरहेको अस्पताल सरकारी संरचनामा आएपछि शुल्क लाग्न थालेसंगै अस्पतालको सेवा खस्किने हो कि भन्ने पिर यहाँका आम नागरिकलाई छ । यसअघि १७ बर्ष सम्म निशुल्क सेवा दिईरहेको अस्पतालमा शुल्क लाग्दा नागरिकलाई अप्ठेरो पक्कै भएको छ ।

दुर्गममा पैसा तिरेर सेवा पाउन पनि मुस्किल भइरहेको बेला त्यहि मनोभावका साथ बिरामीहरु बयालपाटा प्रादेशिक अस्पतालमा आउनेक्रम बढ्दो छ । निशुल्क गुणस्तरिय सेवा दिने नेपालकै एक मात्र नमुना अस्पतालको उपमा पाएको बयालपाटालाई पुरानै लयमा फर्काउने नेतृत्वको खाँचो र स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको ईच्छाशक्ती, नागरिक तथा सरोकारवालाहरुको साथको आवश्यक्ता छ ।

स्वास्थ्य बिमा लागु भए बिमा गरेका नागरिकलाई सेवा पाउन सहजता हुने थियो भने सामाजिक सुरक्षा ईकाइ स्थापनाको प्रक्रिया पुरा भएर सहज रुपमा उपचार पाउने आशमा पनि यस क्षेत्रका नागरिक रहेका छन् ।