मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियूक्त

बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियूक्त


अछाम ः अछाम स्थित बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियूक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको मंसिर २ गते बसेको मन्त्रीपरिषदको बैठकले डा. पाठकलाई कार्यकारी निर्देशक ११ औँ तहमा नियूक्त गर्ने निर्णय गरेको थियो ।

बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश २०८२ को दफा ४ को उपदफा ३ बमोजिम कार्यकारी निर्देशकमा नियूक्त गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धुलिखेन नगरपालिका वडा नं. ११ काभ्रेपलान्चोक घर भएका डा. पाठक बिगत १० बर्ष देखि न्याय हेल्थ नेपालसंग आवद्ध भई बयालपाटा अस्पतालमा अस्पताल निर्देशकका रुपमा कार्यरत रहेका थिए ।

बयालपाटा अस्पताल भाद्र १ गते देखि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत गएपछि उनलाई नै जिम्मेवारी दिने गरी सामाजिक विकास मन्त्रालयले काम अघि बढाएको थियो ।