मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्लाका १० वटै पालिकामा पूर्ण खोप अभियान सुरु

अछाम जिल्लाका १० वटै पालिकामा पूर्ण खोप अभियान सुरु


अछाम: भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अछामको आयोजनामा अछाम जिल्लाका १० वटै पालिकामा पूर्ण खोप अभियान सुरु भएको छ ।

किसानहरुले पालेको गाईवस्तुहरुलाई निरोगी राख्न खोप अभियान सुरु गरिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

शुक्रबार पालिका स्तरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजनागरि खोप अभियानको शुभाआरम्भ गरिएको बताईएको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागू गरिएको खोप कार्यक्रमले अछाम जिल्लाका किसान खुसी भएका छन् ।

यस खोप बाट पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने विज्ञहरुले बताएका छन । यस्तै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको आयोजना तथा पशुसेवा शाखा मंगलसेनको समन्वयमा मंगलसेन नगरपालिकाको वडा न ३ लाछीमनामा एक कार्यक्रमको आयोजनागरि अभियान सुरु गरिएको पशुसेवा शाखा मंगलसेनका प्राविधिक दुर्गा प्रसाद जैशीले जानकारी दिए ।

खोप लगाउने स्थानमा आएर कृषकहरुले आफुले पालेका गाइ वस्तुहरु लिएर आई खोप लगाएका छन । यसरी आफ्नै गाउँघरमा आएर पशु प्राविधिकहरुले खोप लगाईदिएपछी किसानहरु पनि खुसी भएका छन ।

यही खोपका लागि टाढा जानुपर्ने बाध्यता थियो विज्ञ सहित प्राविधिक घरमै आएर खोप लगाई दिएपछी आफुलाई धेरै कुरामा सहज भएको मंगलसेन ३ का किसानहरुले खुसी व्यक्त गरेका छन ।

उनले भने यो हामी सबै किसानका लागि राम्रो हो निशुल्क रुपमा गोरुले खोप पाएपछी आफ्ना गाईगोरुलाई रोग नलाग्ने भन्दै ढुक्क समेत भएका छन । अछाम जिल्लाका १० वटै पालिकामा रहेका ९१ वटै वडामा यो अभियान सुरुहुने भएको छ ।

जिल्लाभरी रहेका सबै किसानका घरमा पुगेर खोप लगाउने कार्यक्रम तय भएको जिल्ला पशुसेवा विज्ञ केन्द्र अछामका कार्यालय प्रमुख बालमिकी जोशीले जानकारी दिए ।

मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले यो कार्यक्रम किसानहरुका लागि निकै राम्रो भएको बताउनुभयो । विकट क्षेत्रका किसानहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले निशुल्क खोप कार्यक्रम संचालन गरेपछी लाखौ किसानहरु लाभान्वित हुने अपेक्षा गरे ।

पछिल्लो समयमा किसानहरुपनी अल्छी हुदै गएको भन्दै नगर प्रमुख बोहराले पशुपालन बाट राम्रो आम्दानी हुने भएपनी पशुपालन व्यवसाय छोड्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले पहाडी क्षेत्रका अधिकांश स्थानीयहरु कृषि पेशामै आवद्ध हुने भएकाले उनीहरुलाई लक्षित गर्दै सुदुरपश्यिम प्रदेशका ८८ वटै पालिकामा एकैसाथ खोप अभियान सुरु गरेको बताए ।

विकट क्षेत्रका किसानहरु खोपको सहज सुविधापनि नपाउने र केन्द्र सम्म जादा ठुलो आर्थिकभार पर्ने भएकाले कृषि व्यवसाय गरिरहेका किसानको सहजताका लागि कार्यक्रम सुरुवात गरिएको उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख बालमीकी प्रसाद जोशी, पशु चिकित्सक दुर्गा आचार्य, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ज्ञान बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।