काठमाडौं । नेपालले ग्लोबल एड्भोकेसी फोरम 2025 (GAF2025) मा सहभागिता जनाउने भएको छ। दिगो विकास लक्ष्य (SDGs) को प्रगति, नीतिनिर्माण र बहुपक्षीय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस अन्तर्राष्ट्रिय मञ्चमा आशिष शर्मा
नेपालका प्रतिनिधि वक्ता रूपमा आमन्त्रित भएका छन्।
शर्माले डिसेम्बर २, २०२५ मा हुने मल्टि–कन्ट्री ब्रीफिङ प्यानलमा नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। लन्डनको र्याडिसन ब्लु हीथ्रोमा प्रत्यक्ष रूपमा तथा विश्वभरका सहभागीहरूसँग भर्चुअल रूपमा कार्यक्रम सञ्चालन गरिँदैछ।
प्यानलको शीर्षक “SDGs को अन्तिम त्रैमासिकमा राष्ट्रिय स्तरमा समग्र समाजको सहभागितामार्फत एड्भोकेसी सुदृढीकरण” राखिएको छ। यो सत्र SDG Nugget Hour मोडेलमा आधारित रहनेछ, जसले तथ्यपूर्ण, संक्षिप्त र उद्देश्यकेन्द्रित प्रस्तुति प्रोत्साहित गर्नेछ।
शर्माले नेपालमा SDGs प्रति सार्वजनिक सहभागिता, २०३० भित्र लक्ष्य प्राप्तिका लागि आवश्यक प्राथमिकता क्षेत्रहरू, र परिवर्तनकारी भूमिकामा रहेका सरोकारवालाहरूको महत्वबारे धारणा व्यक्त गर्नेछन्।
आमन्त्रणबारे प्रतिक्रिया जनाउँदै शर्मा भने, “GAF2025 मा नेपाललाई प्रतिनिधित्व गर्नु मेरो लागि गौरव र जिम्मेवारी दुवै हो। SDGs को अन्तिम चरणमा विश्वले अनुभव र समाधानहरू साझा गर्दै सहकार्य सुदृढ गर्नु अत्यन्त आवश्यक छ। नेपालको अनुभव विश्व मञ्चमा प्रस्तुत गर्न पाउनु खुशीको विषय हो।”
फोरम AlphaZULU Advocates, De Montfort University, Centre for Social Sensitivity and Action (CSSA) – GIM, Near East University (NEU), Odesa National Maritime University, र UST Angelicum College लगायतका साझेदार संस्थाको सहकार्यमा आयोजना हुँदैछ।
कार्यक्रममा विश्वभरका शैक्षिक, नागरिक समाज, युवा र नीतिगत क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया