मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी नेता कुवँरको परोपकारी काम: जन्मदिनमा बयालपाटा अस्पताललाई ब्ल्याङ्केट वितरण

समाजसेवी नेता कुवँरको परोपकारी काम: जन्मदिनमा बयालपाटा अस्पताललाई ब्ल्याङ्केट वितरण


अछाम । समाजसेवी नेता कृष्ण कुवँरले आफ्नो जन्मदिनको अवसरमा बयालपाटा प्रादेशिक अस्पताललाई ब्ल्याङ्केट सहयोग गरेका छन्। जन्मदिनमा फजुल खर्च गर्ने परम्पराभन्दा सामाजिक क्षेत्रमा योगदान दिनु अर्थपूर्ण हुने भन्दै उनले अस्पताललाई ब्ल्याङ्केट हस्तान्तरण गरेका हुन्।

नेता कुवँरका अनुसार बयालपाटा प्रादेशिक अस्पताल यहाँका नागरिकका लागि उपचारमा भरोसाको केन्द्र बनेको छ, जसले गर्दा विभिन्न क्षेत्रबाट निरन्तर सहयोगको आवश्यकता हुन्छ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कुवँर विभिन्न सामुदायिक, परोपकारी र रचनात्मक कार्यमा सक्रिय छन्। युवा व्यवसायी समेत रहेका उनले विशेषगरी कोभिड–१९ महामारीदेखि नै बयालपाटा प्रादेशिक अस्पताललाई प्राथमिकतामा राख्दै विभिन्न समयमा आवश्यक सामग्री र सहयोग प्रदान गर्दै आएका छन्।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा प्रत्येक नागरिकले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै सहयोग हात अघि सार्नु आवश्यक रहेको नेता कुवँरको भनाइ छ।

चिसो मौसमका कारण बिरामीहरूलाई थप कठिनाइ हुन सक्ने भएकाले कुवँरले वितरण गरेको ब्ल्याङ्केटले ठूलो राहत पुग्ने बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठकले बताए।

जन्मदिनको अवसरमा कुवँरलाई शुभकामना व्यक्त गर्दै उनले आगामी दिनहरूमा पनि अस्पताललाई निरन्तर सहयोग र सहकार्य गर्न आग्रह गरे।