मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पनि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

अछाममा पनि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो


भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस अछाममा पनि विविध कार्यक्रमसहित मनाइएको छ। मानव अधिकार तथा शान्ति समाज अछामले मंगलसेनमा ¥याली निकालेर बजार परिक्रमा गर्दै भ्रष्टाचार अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा “भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो”, “दण्डहीनता अन्त्य गर”, “भ्रष्ट शीर्ष नेतामाथि कारबाही कहाँ?”, “नयाँ सरकार पनि पुरानै बाटोमै किन?” जस्ता नारा लेखिएका प्लेकार्डसहित सरोकारवालाहरू सहभागी थिए।

सरोकारवालाहरूले पछिल्लो समय मुलुकमा देखिएका अधिकांश समस्याको मूल कारण भ्रष्टाचार नै भएको भन्दै यसको अन्त्यका लागि प्रत्येक सचेत नागरिकले आवाज उठाउन आवश्यक रहेको बताएका थिए। उनीहरूले नागरिक स्वयं सचेत नभएसम्म भ्रष्टाचार उन्मूलन सम्भव नहुने भएकाले समुदायमा हुने हरेक गतिविधिमाथि निगरानी बढाउनुपर्नेमा जोड दिए।

रेडियो गाउँघरसँग कुराकानी गर्दै मानव अधिकार तथा शान्ति समाज अछामका अध्यक्ष जयबहादुर बोगटीले अब प्रत्येक क्षेत्रबाट भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउनुपर्ने आवश्यकता छ भने। उनले नागरिकको कमजोरीका कारण वर्तमान संकट उत्पन्न भएको उल्लेख गर्दै अब पनि खबरदारी नगरे मुलुक झन् समस्यामा जालान् भन्ने चेतावनी दिए।

उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नै भ्रष्टाचारको अन्त्य तथा सुशासन स्थापनामा जनचेतना अभिवृद्धि गर्नु रहेको छ। सोही उद्देश्यअनुरूप मंसिर २४ गते बुधबार पनि मंगलसेनमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी अध्यक्ष बोगटीले दिएका छन्।