मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको विकास र पूर्वाधारलाई तीव्रता दिन जनसरोकार संघर्ष समितिको ध्यानाकर्षण

अछामको विकास र पूर्वाधारलाई तीव्रता दिन जनसरोकार संघर्ष समितिको ध्यानाकर्षण


अछाम जिल्लाको समग्र विकास तथा महत्वपूर्ण पूर्वाधार निर्माणलाई तीव्रता दिन माग गर्दै जनसरोकार संघर्ष समिति, अछाम ले काठमाडौँमा सडक विभाग र हाइड्रोपावर आयोजनाका प्रमुखहरूसँग भेटघाट गरेको छ।

समितिले सडक विभागका महानिर्देशक डा. विजय जैसी, पुल महाशाखाका प्रमुख ललितजंग खनाल तथा वेतन कर्णाली हाइड्रोपावर आयोजना का प्रमुख विमल गुरुङ सँग छुट्टाछुट्टै भेट गरी अछाम जिल्लाका गौरवका आयोजनाहरूको वर्तमान अवस्था र प्रगतिबारे ध्यानाकर्षण गराएको हो।

भेटघाटका क्रममा अछामका रणनीतिक महत्वका सडक तथा पुल आयोजनाहरूबारे गम्भीर छलफल भएको समितिले जनाएको छ। विशेषगरी जंगलघाट पुलसेती लोकमार्गमंगलसेन–सुवाखाड–खेतगैरा–जुउलामारे–ढकारी सडकचित्रे–पायल–चौरपाटी–नारीदाङ सडक तथा चिसापानी–जंगलघाट–मंगलसेन सडक जस्ता योजनाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन समितिले माग गरेको छ।

छलफलका क्रममा सम्बन्धित निकायका प्रमुखहरूले आयोजनाहरूको हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै सकारात्मक प्रतिबद्धता व्यक्त गरेको समितिको भनाइ छ।

अछामको विकास, सुरक्षित यात्रा र समृद्ध भविष्यका लागि आफूहरू निरन्तर लागिरहने जनसरोकार संघर्ष समितिले जनाएको छ। साथै, जिल्लाको विकासका सवालमा सबै सरोकारवाला पक्षहरूलाई एकजुट हुन समितिले अपिल समेत गरेको छ।