नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अछामले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अछाम निर्वाचन क्षेत्र नं. १ बाट पार्टीका स्थायी कमिटी सदस्य भरतबहादुर बम र जिल्ला सचिवालय सदस्य उज्वल सिंह साउँदको नाम सिफारिस गरिएको छ। त्यस्तै, निर्वाचन क्षेत्र नं. २ बाट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर विश्वकर्माको नाम सिफारिस गरिएको पार्टीका जिल्ला कमिटी सचिव निरक सीले जानकारी दिनुभयो।
यससँगै नेकपा (माओवादी) ले अछाम जिल्लामा पार्टीको राजनीतिक गतिविधिलाई थप सशक्त र तीव्र बनाउँदै लैजाने जनाएको छ।






















प्रतिक्रिया