मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकामा १६औँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

ढकारी गाउँपालिकामा १६औँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

गुरुकुल प्राविधिक नमुना मावि प्रथम


ढकारी, अछाम — अछामको ढकारी गाउँपालिकामा आयोजित अन्तरविद्यालयस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। पुस २४ गतेदेखि २७ गतेसम्म स्थानीय बुडासेन खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री गुरुकुल प्राविधिक नमुना माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्दै रनिङ शिल्ड जित्न सफल भएको छ। त्यस्तै, कालिका देवी माध्यमिक विद्यालय ले द्वितीय स्थान प्राप्त गरेको छ भने अष्टसिद्धि माध्यमिक विद्यालय तृतीय स्थानमा सीमित भएको छ।

प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी विद्यालयहरूलाई मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो। समापन कार्यक्रममा आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, अफिसियल, निर्णायक, सुरक्षाकर्मी, स्वयंसेवक तथा उपस्थित जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

आयोजकले स्थान हासिल गर्न सफल विद्यालयहरूलाई बधाई दिँदै सहभागी भएर पनि स्थान प्राप्त गर्न नसकेका विद्यालयहरूलाई निराश नहुन आग्रह गरेका छन्। आगामी दिनमा अझ मेहनत र तयारीका साथ सहभागी भई सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।