अछाम ः नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेद्धवार टुंग्याउन संसदिय बोर्डको बैठक बोलाएको छ । बोर्डले देशका १६५ वटै निर्वाचन क्षेत्रमा उउम्मेद्धवार टुंग्याउने भएको हो । अछामका दुवै निर्वाचन क्षेत्रमा भने उम्मेदवारको नाममा लगभग सहमती भएको श्रोतले जानकारी दिएको छ ।
देउवा समुह समेत आयोगले आधिकारीक्ता दिएको समुहमा सामेल हने भएपछि पार्टीले अछाम निर्वाचन क्षेत्र नं। १ मा भरत कुमार स्वाँर र निर्वाचन क्षेत्र नं। २ मा पुष्प बहादुर शाहलाई आधिकारिक उम्मेदवारका रूपमा अघि सार्ने भएको हो।
क्षेत्र नं. १ मा राजन कुवँर र स्वाँरको नाम चर्चामा रहेपनि पार्टीले भरत कुमार स्वाँरलाई टिकट दिने लगभग निश्चित जस्तै छ ।
त्यसैगरी, अछाम निर्वाचन क्षेत्र नं। २ मा यसअघि पष्पराज शर्मा, पदमराज अधिकारी र वेदप्रकाश तिमिल्सैनाको नाम भएपनि अन्ततः पुष्प बहादुर शाहको नाम फिक्स भएपछि पार्टीभित्रको आन्तरिक छलफलले औपचारिक रूप पाएको छ। यसअघि विभिन्न नेताहरूको नाम चर्चामा रहे पनि अन्ततः निर्वाचनमा पार्टी एक ढिक्का हुनेपछि शाहलाई उम्मेदवार बनाउने निर्णयमा कांग्रेस पुगेको हो।
नेपाली कांग्रेसले दुवै क्षेत्रमा संगठन मजबुत बनाउँदै चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको जनाएको छ। स्थानीय विकास, सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधारका मुद्दालाई प्रमुख एजेन्डा बनाएर मतदातामाझ जाने रणनीति पार्टीको रहेको नेताहरूले बताएका छन्।
फागुन २१ नजिकिँदै जाँदा उम्मेदवार टुंगिएसँगै अछामको राजनीतिक माहोल थप तातिने निश्चित देखिन्छ। अब अन्य दलहरूले कसलाई मैदानमा उतार्छन् भन्ने विषयले निर्वाचन प्रतिस्पर्धालाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया