मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघ २७ देखि एच.पिभी खोप अभियान सञ्चालन, सफल बनाउन सरोकारवालाको प्रतिबद्धता

माघ २७ देखि एच.पिभी खोप अभियान सञ्चालन, सफल बनाउन सरोकारवालाको प्रतिबद्धता


अछाम : माघ २७ गतेदेखि सञ्चालन हुने एच.पिभी खोप अभियानलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। यो अभियान राष्ट्रव्यापी अभियान भएकाले आफ्ना पालिकामा समेत यसलाई प्रभावकारी र परिणाममुखी बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख पदम बहादुर बोहराले एच.पिभी खोप अत्यन्तै महत्त्वपूर्ण खोप भएकाले समुदायमा रहेका सबै किशोरीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने बताउनुभयो। उहाँले गत वर्ष अधिकांश किशोरीहरूले खोप लगाइसकेको र यस वर्ष पनि तयारी तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने अभियानलाई सफल पार्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अन्य सरोकारवालाले समन्वयमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

समुदायमा स्वास्थ्यकर्मीहरूले उल्लेखनीय काम गरिरहेको प्रशंसा गर्दै नगर प्रमुख बोहराले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्न सुझाव समेत दिनुभएको छ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले गर्नुभएको थियो भने सञ्चालन सिनियर अहेब चन्द्र प्रसाद ढुंगानाले गर्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा उप–प्रमुख संगीता रावलसहित १४ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।