मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरदैलो अभियानमा शाह : तपाईंको भरोसा टुट्न दिने छैन, अधुरा सपना पूरा गरेरै छोड्छुू

घरदैलो अभियानमा शाह : तपाईंको भरोसा टुट्न दिने छैन, अधुरा सपना पूरा गरेरै छोड्छुू


अछाम : तुर्माखाँद देखि देखि ढकारी र कमलबजारका घरघर तथा गल्लीहरूसम्म चुनावी घरदैलो तीव्र पारेका अछाम क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेद्धवार शाहले नागरिकको सुख-दुःखमा सधैं साथ दिने वाचा गरिर रहेका छन् ।

नेपाली कांग्रेस अछामका सभापति समेत रहनुभएका शाहले नागरिककको भरोसाा टुट्न नदिने र अधुरा काम पुरा गरेरै छाड्ने बाचा गरिराखेका छन् । आफ्नो यसअघिको कार्यकाल पुरा नहुन पाउदैँ बिषम परिस्थितीले चुनाव आएको भन्दै शाहले आफुले अघि सारेका योजना पुरा गर्ने र अछामको दिगो विकासलाई निष्कर्षमा पुर्याउने गरी पुन मत मागरिहेको बताएका छन् ।

उम्मेद्धार शाहले भने, जनताको आँखामा देखिएको विश्वास र भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो। अछामको माटो र यहाँका नागरिकको जीवनस्तर उकास्नु नै मेरो राजनीतिको अन्तिम लक्ष्य हो।

घरदैलोको क्रममा शाहले विगतमा सुरु भएका योजनाहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउने, कठिन समयमा सधैं जनताको काँध थाप्ने कांग्रेसको विरासतलाई अझ मजबुत बनाउने र समुन्नत अछामका लागि शिक्षा र स्वास्थ्यमा सहज पहुँच पुर्‍याउँदै अछामी युवालाई घरमै रोजगारी सिर्जना गर्ने संकल्प सहितको प्रतिबद्धता शाहले गरेका छन् ।