मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यसम्पादन मूल्यांकन : पञ्चदेवल विनायक अछामकै पहिलो, चौरपाटी दोस्रो !

कार्यसम्पादन मूल्यांकन : पञ्चदेवल विनायक अछामकै पहिलो, चौरपाटी दोस्रो !


अछाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा पञ्चदेवल विनायक नगरपालिका अछाम जिल्लाकै पहिलो बनेको छ ।

आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पञ्चदेवल विनायक नगरपालिकाले ६९.४६ अंक प्राप्त गर्दै जिल्लाभर शीर्ष स्थान हासिल गरेको हो । पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा अम्बिका चलाउने छन् । 

स्थानीय तहहरूको सेवा प्रवाह, वित्तीय व्यवस्थापन, विकास निर्माण, योजना कार्यान्वयन लगायतका १७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ ।

प्रतिवेदनअनुसार चौरपाटी गाउँपालिका ६७.२२ अंक प्राप्त गर्दै जिल्लाको दोस्रो स्थानमा रहेको छ । चौरपाटी गाउँपालिकाको अध्यक्ष भीम बहादुर साउँद हुन् ।

त्यस्तै ढकारी गाउँपालिका ६६.३४ अंकसहित तेस्रो तथा मंगलसेन नगरपालिका ६३.२२ अंकसहित चौथो स्थानमा परेका छन् ।

अन्य स्थानीय तहहरूको नतिजा अनुसार रामारोशन गाउँपालिकाले ६०.१८ अंक, बान्निगढी जयगढ गाउँपालिकाले ५१.९९ अंक र मेल्लेख गाउँपालिकाले ४६.७१ अंक प्राप्त गरेका छन्।

त्यस्तै साँफेबगर नगरपालिकाले ४४.५४ अंक, तुर्माखाँद गाउँपालिकाले ४३.१८ अंक र कमलबजार नगरपालिकाले सबैभन्दा कम ४१.६९ अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।