नेपाली काङ्ग्रेस अछामका सभापति एवम् अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार पुष्प बहादुर शाहले आफ्ना अधुरा काम पुरा गर्न जनताको माझ प्रस्तुत भएको बताउनुभयो ।
नेपाली काङ्ग्रेस ढकारी गाउँपालिकाको बिशाल चुनावी
आमसभामा बोल्दै शाहले आफ्नो छोटो समयमा पनि अछाम क्षेत्र नम्बर २ मा थुप्रै विकास निर्माणका काम हरु गरेको र अधुरा रहेका काम हरुलाइ पुरानो गर्ने अठोटका साथ पार्टीले जनताका माझ पठाएको बताउनुभयो ।
अछाम बनाउने आफू संग प्रष्ट मार्ग चित्र रहेकोले ढुक्कका साथ आफुलाइ मतदान गर्न आग्रह गर्नुभयो । आज ढकारिमा विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश गर्ने हरु बाट प्रष्ट रूपमा नेपाली काङ्ग्रेसको जित सुनिश्चित देखीएको बताउनुभयो ।
आफू जिल्लामै बसेर जनताका थुप्रै कामहरु गरेकाले जनताले आफुलाइ नजिकबाट चिनेका उहाँको भनाइँ छ । फागुन २१ को निर्वाचनमा दायाँबायाँ नहेरेर नेपाली काङ्ग्रेस पार्टी लाई जिताउन लाग्न सबैलाई अपिल समेत गर्नुभयो ।






















प्रतिक्रिया